कार्यविवरण

  • उम्मेदवारहरूको सङ्ख्यात्मक विवरण सङ्कलन गर्ने कार्य;
  • परीक्षा केन्द्रसम्बन्धी विवरण माग गर्ने कार्य;
  • प्रश्नपत्र निर्माण तथा परिमार्जन शाखासँग समन्वय गरी परीक्षा सञ्चालनका लागि आवश्यक गोप्य सामग्रीको व्यवस्था परीक्षा केन्द्रगत रूपमा गर्ने कार्य;
  • उत्तरपुस्तिका, परीक्षा फाराम लगायत परीक्षा सामग्रीको व्यवस्था गर्ने कार्य;
  • परीक्षा-सञ्चालनका लागि उत्तरपुस्तिका, परीक्षा सञ्चालन निर्देशिका र अन्य आवश्यक सामग्री परीक्षा केन्द्रसम्म पुर्याउने व्यवस्था मिलाउने कार्य;
  • परीक्षा सञ्चालनका लागि क्षेत्र तथा जिल्ला बिच समन्वय गर्ने कार्य;
  • परीक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका निर्माण/परिमार्जनका लागि आयोग समक्ष प्रस्ताव पेश गरी स्वीकृत भएको निर्देशिका बमोजिम परीक्षा सञ्चालनको व्यवस्था मिलाउने कार्य;
  • परीक्षा सम्पन्न भइसकेपछि उत्तरपुस्तिकाहरू सङ्कलन गर्ने र व्यवस्थित हिसाबले राख्ने व्यवस्था मिलाउने तथा प्याकेज निर्माण गर्ने कार्य;
  • परीक्षा सञ्चालन सम्बन्धमा विभिन्न सरोकारवालाहरूले दिएका सुझावहरू सङ्कलन गरी आयोग समक्ष पेश गर्ने र आयोगबाट स्वीकृत भए अनुसार गर्ने, गराउने कार्य;
  • उत्तरपुस्तिकाहरूमा प्रथम कोड गर्ने, गराउने कार्य;
  • उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणका लागि विज्ञहरूको सूची बनाई आयोग समक्ष पेश गर्ने कार्य;
  • छनोट भएका विज्ञहरूबाट उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गराउने कार्य;
  • लिखित परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा इन्ट्री गराई रूजु गराउने कार्य;
  • आयोगको निर्णय अनुसार लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने कार्य;
  • परीक्षण र सम्परीक्षण कार्यमा लापरबाही वा अनियमितता गर्ने व्यक्तिको अभिलेख राखी आयोगमा पेश गर्ने कार्य;
  • आयोगले तोकेका अन्य कार्य ।