कार्यविवरण
- सम्बन्धित निकायहरूबाट तथ्याङ्क सङ्कलन र विश्लेषण गरी आयोग समक्ष पेश गर्ने कार्य;
- अध्यापन अनुमतिपत्र, शिक्षक बढुवा र खुला विज्ञापनको प्रस्ताव तयार पारी आयोग समक्ष पेश गर्ने कार्य;
- आयोगबाट स्वीकृत भएको विज्ञापन प्रकाशन गर्ने कार्य;
- अध्यापन अनुमतिपत्र, आन्तरिक प्रतियोगितात्मक शिक्षक बढुवा र खुला विज्ञापनको पाठ्यक्रम निर्माण र परिमार्जनका लागि विज्ञहरूको सूची आयोग समक्ष पेश गर्ने कार्य;
- छनोट भएका विज्ञहरूबाट पाठ्यक्रम निर्माण, परिमार्जनको खाका तयार गरी अयोग समक्ष पेश गर्ने कार्य;
- आयोगबाट स्वीकृत भएको पाठ्यक्रम लागु गर्ने, गराउने कार्य;
- स्वीकृत भएको पाठ्यक्रमका आधारमा विशिष्टीकरण तालिका र नमुना प्रश्नपत्र निर्माण गर्ने कार्य;
- पाठ्यक्रमको निर्माण र परिमार्जनका लगि प्राप्त भएका सुझावहरू आयोग समक्ष पेश गर्ने कार्य;
- कर्मचारीहरूको क्षमता विकास सम्बन्धी क्षेत्रहरूको पहिचान गर्ने कार्य;
- कर्मचारीहरूको क्षमता विकास सम्बन्धी योजनाको खाका तयार गरी आयोग समक्ष पेश गर्ने कार्य;
- आयोगबाट स्वीकृत भएको क्षमता विकास सम्बन्धी योजना कार्यान्वयन गर्ने, गराउने कार्य;
- आयोगबाट प्रकाशन हुने वार्षिक प्रतिवेदन, बुलेटिन, ब्रोसर आदि तयार गर्ने कार्य;
- उत्तरपुस्तिकाको दोस्रो कोड गर्ने, गराउने कार्य;
- शिक्षक सेवा आयोगका सम्बन्धमा अनुसन्धान गर्नुपर्ने क्षेत्रहरू पहिचान गरी आयोग समक्ष पेश
गर्ने कार्य; - स्वीकृत भएका अनुसन्धान क्षेत्रहरूमा अनुसन्धान गराउने कार्य;
- शिक्षकका सेवा सर्त सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान र विश्लेषण गर्ने कार्य;
- अनुसन्धानका प्राप्तिहरूको कार्यान्वयनका लागि आयोग समक्ष पेश गर्ने र निर्णय भएबमोजिम गर्ने, गराउने कार्य;
- आयोगले तोकेका अन्य कार्य ।