कार्यविवरण
- वार्षिक कार्यक्रममा समावेश गर्नुपर्ने क्षेत्रहरू पहिचान गर्ने, गराउने कार्य;
- आयोगलाई प्राप्त भएको बजेट सीमाभित्र रहेर वार्षिक योजना तयार पारी आयोग समक्ष पेश
गर्ने कार्य; - आयोगबाट स्वीकृत भएको वार्षिक योजनालाई मन्त्रालयमा पठाउने कार्य;
- योजना आयोगबाट स्वीकृत भईं आएको वार्षिक योजनाको कार्यान्वयनका लागि शाखागत बाँडफाँट गरी आयोग समक्ष पेश गरी स्वीकृत भएबमोजिम गर्ने कार्य;
- आयोगबाट आयोजना हुने गोष्ठी तथा सेमिनारका लागि आवश्यक समन्वय गर्ने कार्य;
- आयोगको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने, गराउने कार्य;
- आयोगको समग्र प्रशासनिक कार्यको समन्वय गर्ने कार्य;
- करार सेवासम्बन्धी सम्पूर्ण कार्य;
- आयोग सम्बन्धी कार्यक्रमहरूको अनुगमन योजना र अनुगमन फारामहरूको ढाँचा तयार पारी आयोग समक्ष पेश गर्ने कार्य;
- आयोगबाट स्वीकृत भएको अनुगमन योजना कार्यान्वयन गर्ने, गराउने कार्य;
- अनुगमनको वार्षिक प्रतिवेदन तयार गर्ने, गराउने कार्य;
- अनुगमान बाट प्राप्त भएका सुझावहरूको कार्यान्वयन गर्ने, गराउने कार्य;
- आयोग सम्बन्धी आवश्यक मालसामानको खरिद सम्बन्धी सम्पूर्ण कार्यहरू गर्ने, गराउने कार्य;
- आयोगले तोकेको अन्य कार्यहरू गर्ने, गराउने कार्य;
- आयोगको वार्षिक बजेट निर्माणमा सहयोग गर्ने कार्य;
- स्वीकृत वार्षिक बजेट र खर्च गर्ने आधारहरूको सीमाभित्र रहेर खर्च गर्ने कार्य;
- खर्च सम्बन्धी सम्पूर्ण स्रेस्ताहरू सुरक्षितसँग राख्ने कार्य;
- राजश्व सम्बन्धी आम्दानी र त्यसको श्रेस्ता राख्ने कार्य;
- आर्थिक ऐन, नियमावलीले तोकेका कामहरू गर्ने कार्य;
- आयोगको आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने कार्य;
- आन्तरिक तथा अन्तिम लेखा परीक्षणमा औँल्याइएका कैफियत सम्बन्धी विषयमा आयोगका तर्फबाट जवाफ दिने कार्य;
- आयोगको बेरुजु फर्छ्यौट गर्ने, गराउने कार्य;
- आवश्यकता अनुसार पेश्की दिने, सोको अभिलेख राख्ने र पेश्की फर्छ्यौट गराउने कार्य;
- आयोगले तोकेका आर्थिक प्रशासन सम्बन्धी सम्पूर्ण कार्य ।